सप्तरीमा बस दुर्घटना हुदा ५ जनाको मृत्यु



सप्तरी : इनरुवामा तीर्थयात्री बोकेको बस शुक्रबार राति दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सप्तरीको भारदह–राजविराज सडकखण्ड अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० इनरुवामा शुक्रबार राति भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको हो । 

 

दुर्घटनामा परेको बसमा बराह क्षेत्रमा लागेको कुम्भ मेला भरेर फर्किएका यात्रु सवार थिए । को १ ख २७९९ नम्बरको बस पल्टिएर दर्घटनामा परेको बताइएको छ । दुर्घटनामा बेचनीदेवी यादव, भुटनीदेवी यादव, सिक्किलदेवी साह, दिनेश रजक र उनकी श्रीमतीको मृत्यु भएको छ ।

 

दुर्घटनामा तीन दर्जनभन्दा बढी घाइते भएका बताइएको छ । गम्भीर घाइते ११ जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने बाँकीको सगरमाथा अस्पतालमा उपचार भइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्