‘मेरे नाम तु’ गीतमा हेर्नुहोस् साहरुख र अनुष्काको रोमान्स



काठमाडौं : डिसेम्बर २१ तारिखबाट रिलिज हुन लागेको फिल्म ‘जिरो’मा समावेश पहिलो गीत सार्वजनिक भएको छ ।  ‘मेरे नाम तु’ बोलको गीतको भिडियो सार्वजनिक भएसँगै युटुबमा यसले ‘हंगामा’ मच्चाएको छ । आनन्द एल राइको निर्देशनमा तयार भएको यो फिल्मलाई गौरी खानले निर्माण गरेकी हुन् । हिमान्सु शर्माको लेखनमा तयार भएको फिल्मको यो गीतमा अभय जोधापुरकारको स्वर, अजय–अतुलको संगीत, इर्शाद कामिलको शब्द छ ।

 

युटुबमा गीतको २ मिनेटको भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियोमा नायक साहरुख खान र नायिका अनुष्का शर्मालाई फिचरिङ देख्न सकिन्छ । फिल्ममा नायिका कट्रिना कैफको पनि मुख्य भूमिका रहेको बताइन्छ । फिल्ममा साहरुख होचो व्यक्तिको भूमिकामा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्