छायांकन र रिलिज जुध्दा अक्षयलाई दबाब



मुम्बई:  बलिउड अभिनेत्री अक्षय कुमार अहिले चलचित्रको  सुटिङसँगै रिलिज जुधेपछि कता समय दिने भनेर तनावमा छन् । उनले खल चरित्र निर्वाह गरेको भारतकै सबैभन्दा महँगो चलचित्र ‘२.०’ आगामी शुक्रबारबाट विश्वव्यापी रिलिज हुँदै छ ।

 

रजनी कान्त अभिनित यो चलचित्रको पटकपटक रिलिज मिति सरेकै कारण अक्षयले नयाँ चलचित्र ‘मिसन मंगल’को छायांकन सुरु गरेका थिए । यतिबेला यो चलचित्रको मुम्बईमा छायांकन भइरहेको छ । चलचित्रलाई आगामी १५ अगस्टमा रिलिज गर्नुपर्ने भएकाले मिसन मंगलको छायांकन निरन्तर गरेर सक्नका लागि निर्देशक जगन शक्तिले अक्षय कुमारलाई अनुरोध गरिरहेका छन् । जसका कारण अक्षयले २.० को प्रचारमा पुरा समय दिन सकेका छैनन् ।

 

अब भने दैनिक काम आधा रोकेर भए पनि आफूले २.० को प्रचारमा साथ दिनुपर्ने अक्षयले बताएका छन् । रजनी कान्तसँगै यो चलचित्रको प्रचारमा अक्षय पनि हुनुपर्ने निर्माण पक्षको भनाइ छ । चलचित्रको रिलिज हुनुभन्दा एक साताअघिबाट सबै काम रोकेर २.० को प्रचारमा हिँड्नुपर्ने दबाब अक्षयलाई निर्माताहरूको छ ।

 

त्यसैले, यी दुवै सिनेमालाई असर नपर्ने गरी अक्षयले दुवै चलचित्रको लागि आधा आधा समय दिने भएका छन् । उनी दिउँसो फिल्मको छायाँकनमा र बिहान बेलुका राती २.० को प्रचारमा अब व्यस्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्