चाडपर्वलार्इ लक्ष्य गरी यात्रु सहायता कक्ष



काठमाडाैं : यात्रुहरूको सुविधालाई मध्यनजर गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।

 

कलंकी, स्वयम्भु, नयाँबसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानोबसपार्क र नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो।

 

नजिकिँदै गरेको चाडबाडलाई मध्यनजर गरी स्थापना गरिएको सहायता कक्षमा अपराध एवम् दुर्व्यहार तथा ट्राफिक सम्बन्धी गुनासो राख्न सकिने छ।

 

सहायता कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी, यातायात व्यवसायी संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधी, ट्राफिक र जनपद प्रहरीका कर्मचारीहरु रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्