महासमिति बैठकअघि कांग्रेस जिल्ला कोषाध्यक्षको भेला



काठमाडौं : महासमिति बैठकमा जुटेको नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षको राष्ट्रिय भेला मंसिर १४ र १५ गते धादिङमा हुने भएको छ । कोषाध्यक्ष राष्ट्रिय समितिको बैठकले धादिङको गजुरी गाउँपालिकामा भेला गर्ने निर्णय गरेको हो ।

कोषाध्यक्ष राष्ट्रिय समितिका अध्यक्ष एवं कांग्रेस काठमाडौंका कोषाध्यक्ष गोविन्द पुडासैनीले पार्टी महासमितिको बैठकमा प्रस्तुत गर्ने सुझावबारे छलफल गर्न भेला आयोजना गर्न लागेको जानकारी दिए । कांग्रेस महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म हुने तय भएको छ ।

कांग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङका अनुसार सबै जिल्लाका पार्टी कोषाध्यक्ष सहभागी हुने भेला गुटउपगुट अन्त्य गरी कांग्रेसलाई सशक्त ढंगले अघि बढाउन महत्वपूर्ण हुने बताए । भेला सफल पार्न तयारी सुरु भइसकेको धादिङ कांग्रेसले जनाएको छ । धादिङ कांग्रेसले भेला संयोजन गर्ने जिम्मेवारी पाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्