पहिले र अहिलकाे नेपालमा धेरै परिवर्तन अाएकाे छ : प्रधानमन्त्री



काठमाडाैं : संयुक्त राष्ट्रसंघको ७३औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले बुधबार बिहान एक अन्तर्वार्ताको क्रममा ब्याजबिनाको लगानी गर्न आउने जोसुकैलाई पनि स्वागत गरिने बताएका छन्।

 

‘देश विकासका लागि नेपाललाई लगानी चाहिएको छ। यदि कुनै देश नेपालको स्वार्थअनुसार नेपालमा लगानी गर्न तयार भए स्वागत छ।’ प्रधानमन्त्री ओलीले चीनको लगानीले ऋणको जाल निम्याउँछ भन्ने कुराप्रति असहमति जनाए। उनले भने, ‘ब्याजबिनाको लगानी गर्न कोही इच्छुक भए पनि आउनु होस्, जुन देशको लगानी पनि हामीलाई स्वीकार्य छ। ऋणको डर होइन।’

 

प्रधानमन्त्री ओलीले बूढीगण्डकी आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिनेबारे कुनै विवाद नभएकाे पनि बताए । उनले भने, 'लामाे अध्ययनपछि याे अायाेजना गेजुवालाई दिने निर्णय गरेका हाैं, याे विवादकाे विषय नै हाेइन ।'

 

प्रधानमन्त्री ओलीले अन्तर्वार्ताको क्रममा हालको अवस्थामा नेपालको आवश्यकता भनेको आर्थिक समृद्धि भएको बताए। ‘आर्थिक समृद्धिको कुरा गर्दै गर्दा नेपालले जलवायु तथा मौसम परिर्वतनसँग जोडिएको विषयलाई नजरअन्दाज गर्न मिल्दैन,’ ओलीले भने, ‘नेपाल एक हिमाली देश भएकाले आर्थिक विकासको सपना देख्दै गर्दा वातावरणीय संरक्षणसँग जोडिएका मुद्दालाई नेपालले नजर अन्दाज गर्न सक्दैन।’

 

जलवायु र मौसम परिर्वतनसम्बन्धी समस्या हिमाली देश मात्रैको नभई सम्पूर्ण विश्व समुदायको समस्या भएकाले सबैले यस मुद्दामा उत्तिकै मात्रामा सहकार्य गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो।

 

आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपाल खुसी नेपाली’को नारा लिएको बताउँदै प्रधानमन्त्री ओलीले समृद्धि मात्रैले खुसी ल्याउन नसक्ने बताए। त्यसैले हाम्रा पुर्खाले हजारौं वर्ष पहिले भन्ने गरेको ‘सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामय’ को मन्त्र आफ्नो सरकारले जप्ने गरेको उनले दाबी गरे। 

 

आफूले प्रजातन्त्र स्थापनाको लडाइँमा एक महिना खानाबिना जेल बसेको बताउँदै ओलीले पहिले र अहिलेको नेपालमा धेरै परिर्वतन भएको बताए। उनले भने, ‘अहिले प्रधानमन्त्रीको हैसियतमा पनि मैले एक शब्द कठोर बोले पनि त्यसको उत्तरदायित्व लिनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हात पारेको छ ।

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ