भारी स्कुल ब्याग बच्चाका लागि हानिकारक



काठमाडौं: तपाईका बच्चाको स्कुल ब्याग कति भारी छ ? सामान्यतया हामी यस्ता कुरामा विशेष ध्यान दिँदैनौ । तर, बच्चाले बोक्ने स्कुल ब्यागको भार तिनीहरुको कुल तौलको १० प्रतिशतभन्दा बढी हुनु भविष्यमा स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

 

केही वर्षअघि भारतमा स्कुल ब्याग शरीरको तौलको १० प्रतिशतभन्दा बढी बोक्न नदिने नियम लागू भएको थियो । यसको अर्थ यदी ५० केजीको बच्चा छ भने उसले पाँच केजी भन्दा भारी ब्याग बोक्न सक्दैन ।

 

जुन अहिले युरोपका देशहरुले पनि नियमन गर्न थालेका छन् । यो विषयलाई लिएर अहिले विश्वमा बहस हुन थालेको छ । सामान्यतया बच्चाको हाडजोर्नी विकास क्रममा हुने भएकाले नरम हुन्छन् । पूर्ण विकसित नभइसकेका हाडजोर्नीले किताब कापीको गह्रौं ब्याग बोक्दा भार थाम्न सक्दैनन् ।

 

फलस्वरुप जोर्नीमा समस्या आउन सक्छ । गह्रौँ भारीले मेरुदण्ड र हिपको हड्डीमा बढी असर गर्छ । जसले गर्दा मांसपेशीहरु एक अर्कामा टाँसिने सम्भावना हुन्छ र शरीरको आकारमा समेत कुरुपता आउँछ ।

 

काधँमा मात्र स्कुल व्याग बोक्छन् भने त झन् खतरनाक हुन सक्छ । यसबाट बचाउन बच्चालाई सधैं सक्रियताको साहस दिनुपर्छ । उनीहरुलाई हलुका महसुस गराउन ब्यागप्याक प्रयोग गर्न सकिन्छ । बच्चाले कसरी ब्याग बोहिरहेका छन् भनेर सधैं हेरविचार गर्न जरुरी छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्