नेपाली सेनामा भर्ना खुल्यो, झण्डै ३ हजार ८ सय संख्या माग (सूचना सहित)



काठमाडौं : नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले झण्डै ३ हजार ८ सय संख्यामा भर्ना आह्वान गरेको छ । 

विभागले सोमबार प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार लेखा जमदार, अमलदार कर्मचारी, सहायक पण्डित हुद्धा, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन (ब्रास ब्याण्ड), बन्दोबस्ती कार्य सिपाही, कूचिकार, चर्मकर्मी, सूचिकार, लोहकार, सयस र केशकर्तक पदहरुमा भर्ना आह्वान गरेको हो ।

सूचनाअनुसार सबैभन्दा बढी उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा ३५० सैन्य पदमा भर्ना खुलेको छ ।

 

यसैगरी पूर्वी पृतना इटहरी, नम्बर २ बाहिनी धनकुटा, मध्यपूर्वी पृतना धनुषा, नम्बर २८ बाहिनी बारा, मध्यपृतना मकवानपुर, नम्बर ९ बाहिनी सिन्धुली, उपत्यका पृतना नारायणहिटी, पश्चिम पृतना पोखरा, नम्बर २३ बाहिनी बागलुङ, मध्यपश्चिम पृतना रुपन्देही, नम्बर ४ बाहिनी नेपालगञ्ज, नम्बर १९ बाहिनी दाङ, उत्तरपश्चिम पृतना सुर्खेत, नम्बर २४ बाहिनी जुम्ला, सुदूरपश्चिम पृतना दिपायल र नम्बर ५ बाहिनी कैलालीमा दरखास्त दिन सकिन्छ ।

दरखास्त दिने म्याद मंसिर १० गतेदेखि मंसिर २४ गतेसम्म रहेको र दोब्बर दस्तुर तिरेर पुस २ गतेसम्म दरखास्त दिन पाइने छ ।

हेर्नुस् सूचना :

प्रतिक्रिया दिनुहोस्