तुलसीको पात सेवनले टाढा भगाउँछ यस्ता रोग



तुलसीको पातमा औषधीय गुण हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । तुलसीको प्रयोगले जाडोबाट बचाउनुका साथै खोकी, दाँत तथा श्वासप्रश्वासम्बन्धी रोग पनि निको पार्छ । यसको नियमित प्रयोगले मानिसमा रोगप्रतिरोधी क्षमता पनि बढाउँछ । जानौं तुलसीको पात सेवनका फाइदा :

मधुमेहको खतराबाट बचाउँछ

तुलसीको पातमा युजिनोल, मिथाइल युजिनल र केरियोफिलिन नामका तत्व हुन्छन् । यी तत्व प्राप्त भएपछि प्यान्क्रियटिक बिटा सेल्सले शरीरमा राम्रो काम गर्न थाल्छ । यसबाट शरीरमा इन्सुलिनको पनि स्वाभाविक विकास हुन्छ । यसो हुँदा रगतमा चिनीको मात्रा सन्तुलित हुन्छ र मधुमेहको खतराबाट बच्न सकिन्छ ।

तनावबाट छुटकारा

विभिन्न अनुसन्धानअनुसार तुलसीको पातमा तनाव कम गर्ने हर्माेन कार्टिसोल पाइन्छ । दैनिक तुलसीका १२ वटा पात सेवन गरे तनावबाट छुटकारा पाउन सकिन्छ ।

 

क्यान्सरको खतरा भगाउँछ

 

तुलसीमा एन्टिअक्सिडेन्ट र एन्टिकर्सिनोजेनिक गुण हुन्छ । जसले स्तन र मुखको क्यान्सर हुनबाट जोगाउँछ । तुलसीको १० वटा पात र ल्वाङ एक ग्लास पानीमा उमाल्नुहोस् । अनि त्यसमा सिदेनुन पनि राख्नुस् । यसरी उमालेको पानी पिउँदा शरीरलाई न्यानो राख्न मद्दत गर्छ ।

 

पेटको समस्या छ ?

तुलसीको रस पिउनाले पेटको समस्याबाट पनि मुक्ति पाइन्छ । तुलसीको पात नियमित सेवन गर्दा समयमा भोक लाग्ने, कार्यक्षमता विकास हुने, रगतमा कोलेस्ट्रोलको मात्रा घट्ने हुन्छ । त्यस्तै, ग्यास्ट्रिक, पेटको दुखाइ, कोलाइटिसजस्ता रोग पनि निको पार्ने काम गर्छ ।

टाउको दुखाइबाट राहत 

तपाईंमा साइनसिस, एलर्जी, टाउको दुखाइको समस्या छ भने पनि तुलसीको पात प्रयोग गर्न सक्नुहुन्छ । तुलसीको पातलाई पानीमा उमालेर पिउँदा यस्तो समस्याबाट बच्न सकिन्छ ।

 

छालाको समस्याबाट मुक्ति

छालासम्बन्धी विविध रोग छ भने तुलसीको मद्दतले निको पार्न सकिन्छ । दाद, एलर्जी भएको ठाउँमा तुलसीको पात मिचेर लगाउँदा यस्तो समस्याबाट मुक्त हुन सकिन्छ । त्यस्तै सुत्नुअघि अनुहार र छालामा तुलसीको तेल लगाउन पनि सकिन्छ ।

रोगप्रतिरोधी क्षमता बढाउँछ 

तुलसीको पातलाई धुनुहोस् र चपाएर मनतातो पानीसँग पिउनुहोस् । त्यसको ३० मिनेटसम्म केही पनि नखानुुस् । नियमित रूपमा एक महिनासम्म यो क्रिया दोहो¥याएमा शरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्