काठमाडाैंकाे यूएन पार्क नजिकै फर्निचर उद्योगमा आगलागी, ६ कराेड बराबर क्षति



काठमाडाैं : काठमाडौंको यूएन पार्क नजिकै रहेको फर्निचर उद्योगमा आगलागी हुँदा ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ । 

 

आगलाली अहिले नियन्त्रणमा आएको छ । आगो निभाउन काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमकल प्रयोग गरिएको काठमाडौं महानगर जुद्ध बारद्ध यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिए । 

 

उनका अनुसार घटनामा मानवीय क्षति नभए पनि विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा विद्युत आपुर्ति बन्द गरिएको बताइएको छ । फर्निचर उद्योगी राम कार्कीको गोदामबाट आगो लाग्न सुरु भएको काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए । आगलागीबाट गोदाममा रहेका सबै सामान जलेर नष्ट भएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्