ज्यान गुमाएका परिवार तथा घाइतेलाई आर्थिक सहयोग



सप्तरी : बस दुर्घटनामा ज्यान गुमाएका परिवार तथा घाइतेहरूलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

 

बस दुर्घटनामा परी घाइते भएकाको उपचारका लागि राजपा नेपाल डाकनेश्वरी नागरपालिकाका संयोजक ओमप्रकाश यादव र सो नगरपालिकाकी उपप्रमुख इन्दुदेवी यादवले संयुक्त रूपमा एक लाख ५ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । 

 

यसअघि प्रदेश २ सरकारबाट मृतक प्रतिपरिवारलाई एक÷एक लाख र डाक्नेश्वरी नगरपालिकाबाट २५÷२५ हजार रुपैयाँका दरले किरियाखर्च उपलब्ध गराइएको थियो । प्रतिनिधिसभा सदस्य रानी मण्डलले पनि प्रतिपरिवार पाँच हजार रुपैयाँका दरले राहत प्रदान गरेकी छन् ।

 

भारदह–राजविराज सडकअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको इनर्वास्थित पोखरीमा शुक्रबार राति सुनसरीको वराह क्षेत्र दर्शन गरी सप्तरीको पातो जानेक्रममा को१ख २७९९ नम्बरको बस अनियन्त्रित भई सडकछेउको पोखरीमा  खसेर दुर्घटना भएको थियो ।

 

सो दुर्घटनमा परी डाक्नेश्वरी नगरपालिकका पाँचजनाको मृत्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्