सडकमा गाई छाड्दा हिरासतमा



काठमाडौं: सडकमा गाई छोड्दा गाईधनी प्रहरीको हिरासतमा पुगेको भन्ने सुन्दा अचम्म लाग्ला । तर, राजधानीमा एउटा यस्तै घटना भएको छ । सडकमा बेवारिसे अवस्थामा गाई छाडेका कारण गाईधनी प्रहरीको हिरासतमा पुगेका छन् ।

 

गत १२ कात्तिकमा ललितपुर महानगरपालिका–२३ धापाखेलमा भेटिएको घाइते गाईलाई ललितपुर महानगरपालिका–२१ माथिल्लो खोकनामा रहेको ‘स्नेहाज केयर सेन्टर’ले रेस्क्यु गरेर उपचार थालेपछि गाईधनी प्रहरी हिरासतमा पुगेका हुन् ।

 

प्रहरीले इन्स्योरेन्स ट्यागका आधारमा गाईधनीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटो बोलायो । धापाखेलका केदार घिमिरेले आफूले दूध दिन छाडेपछि घाइते अवस्थामा रहेको गाईलाई सडकमा छाडेको बयान दिएपछि प्रहरीले उनलाई नयाँ मुलुकी अपराध संहिताअनुसार पशुपक्षीसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राखेको हो । सो कानुनबमोजिम घिमिरे दोषी ठहरिए तीन महिना कैद वा ५ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्नेछ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्