कञ्चनपुरमा फड्के कीराको प्रकोप, धानबाली नोक्सान



कञ्चनपुर । फड्के (ब्राउन होपर) कीराले कञ्चनपुरमा किसानले लगाएको धानबालीमा ब्यापक नोक्सानी पुर्‍याएको छ । पाक्न नपाउँदै धानमा फड्के कीराले आक्रमण गरेपछि यहाँका किसानले नोक्सानी ब्यहोरेका छन् । 

 

कीराले धानको बोटको रस चुसेर खाने भएकाले धान पाक्न नपाउँदै ढल्ने र दाना र पराल कामै नलाग्ने भएको छ । शुक्लाफाँटा– ४ का किसान धर्मानन्द भट्टले एक बिगाहा खेतमा लगाएको धानबाली पूरै फड्के कीराको प्रकोपका कारण नोक्सान भएको बताए ।

 

विषादी हालेर कीरा नियन्त्रण गर्न खोजे पनि नियन्त्रण नभै झनै पूरै खेतमा फैलिएको छ । उनले भने, “पाक्न नपाउँदै धानका बोट कुहिएर झर्न थालेका छन् । 

 

साताअघि सानो ठाउँमा धानका बोट कुहिएर खस्न थालेका थिए । अब पूरै खेतमा कीराको समस्या देखिएको छ । मेहनत गरेर लगाएको पूरै धानबाली कीराले सखाप पारेपछि चिन्तित भएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्