खारेज भएका यातायात व्यवसायीका बैंक खाता खुल्ला नहुने



काठमाडौं: भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले खारेज गरिएका यातायात  व्यवसायीका बैंक खाता खुल्ला नहुने स्पष्ट पारेका छन् ।

 

मन्त्री महासेठले  सिन्डिकेट तोकिएसँगै बैंक खाता रोक्का गरिएका सबै यातायात  व्यवसायीकाे रकम सरकारको मातहत आउने र त्यसको परिचालनका सम्बन्धमा मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय लिने स्पष्ट पारे ।

 

बुधबार प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले राख्नु भएको जिज्ञासाको जवाफ दिँदै उनले खारेज गरिएका यातायात  व्यवसायीका बैंक खाता खुल्ला गर्न कानुनी रुपमा प्रतिबन्ध लगाउने निर्णय भइसकेको स्मरण गराए । 

 

मन्त्री महासेठले बैंक खाता रोक्का गरिएका यातायात व्यवसायीको रकम यातायात क्षेत्रकै विकासमा परिचालन गर्ने गरी सम्बन्धित निकायमा आवश्यक छलफल भइरहेको जानकारी दिए ।

 

मन्त्री महासेठले दुर्घटना वा मृतक बीमा सम्बन्धित पक्षलाई नै दिने व्यवस्था गरिएको पनि स्पष्ट पारे । उनले सवारी दुर्घटनामा परि ज्यान गएको वा घाइते भएकाहरुलाई सोझै बीमाबापतको रकम पाउने व्यवस्था सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् मिलाएको जानकारी समितिलाई गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्