विदेशी मुद्राको भाउ बढ्यो



काठमाडौं : विदेशी मुद्राको भाउ आज बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ १४  पैसा र बिक्रिदर ३० रुपैयाँ ३० पैसा रहेको छ ।

 

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रिदर ३१ रुपैयाँ २२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७९  पैसा र बिक्रिदर ३० रुपैयाँ ९६ पैसा तोकेको छ ।मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०१ पैसा र बिक्रिदर २७ रुपैयाँ १५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०३ र बिक्रिदर १० रुपैयाँ ०८ पैसा रहेको छ ।

 

कुवेती दिनार एकको खरिददर ३ सय ७१ रुपैयाँ ८६ पैसा छ भने बिक्रिदर ३ सय ७३ रुपैयाँ ८३ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०४ पैसा र बिक्रिदर ३ सय १ रुपैयाँ ६३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्