चार वर्षदेखि फरार दुर्लभ शाक्य पक्राउ



ललितपुर: महानगरीय प्रहरी परिसर ललितपुरले चार वर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।  प्रहरी निरीक्षक खुमलाल भुुसाल नेतृत्वको टोलीले महानगरपालिका –२२ फर्सिडोल बस्ने ४० वर्षीय दुर्लभ शाक्यलाई सोही स्थानबाट सोमबार पक्राउ गरेको हो ।

 

शाक्यलाई जिल्ला अदालत ललितपुरले विसं २०७१ चैतमा कुटपिट अङ्गभङ्ग मुद्दामा कैद तथा जरिवाना सुनाएको थियो । शाक्यलाई अदालतले सात वर्ष ११ महिना पाँच दिन कैद सुनाएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालले बताए । 

 

गत साता मात्रै परिसरले ठगी तथा जालसाजी मुद्दामा दुई वर्ष पहिले अदालतले कैद तथा जरिवाना सुनाएको ललितपुर महानगरपालिका–१३ का राज महर्जनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्