नेवि संघ महाधिवेशन पुस २८, २९ र ३० गते गर्न प्रस्ताव



काठमाडौं: नेपाल विद्यार्थी संघले संगठनको महाधिवेशन आगामी पुस २८,२९ र ३० गते गर्न प्रस्ताव गरेको छ ।  नेविसंघ अध्यक्ष नैनसिंह महरले मंगलबार पत्रकार सम्मेलन गरी कार्यतालिकासहितको महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् । 

 

जसअनुसार मंसिर २२ गते विद्यालय र सीटीईभिटीको अधिवेशन गर्ने, मंसिर २५ गते गाउँ तथा नगर अधिवेशन गर्ने, पुस ८ गते उपत्यकाभित्रका क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्ने, पुस १४ गते ७७ जिल्ला अधिवेशन  गर्ने र पुस २० गते प्रदेश अधिवेशन गर्ने प्रस्ताव गरिएको छ । 

 

अध्यक्ष महरले तोकिएको समय सीमाभित्र अधिवेशन सम्पन्न गर्न नसक्ने जिल्ला समिति स्वतः भंग हुनुकासाथै १२ औं महाधिवेशन माग लिन पनि नपाउने बताए ।  संघले २ दिनभित्रै सबै तहमा केन्द्रीय स्तरबाट महाधिवेशन प्रतिनिधि पठाइसक्ने जनाएको छ ।

 

महाधिवेशन कहाँ हुने भन्नेबारे निर्णय भइनसकेको बताउदैँ सभापति महरले काठमाडौं, धनगढी विराटनगर र जनकपुर कहाँ गर्ने भन्नेर १० दिनभित्र जानकारी हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्