पत्नीसँगको झगडामा खुकुरी लागेर पति घाइते



विराटनगर : मोरङको लेटाङ नगरपालिका २ बुधबारेमा पति–पत्नीबीच झगडा हुँदा पति घाइते भएका छन् । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका ३४ वर्षीय केशर राई र उनकी पत्नी ३४ वर्षीया शशीकला राईबीच झगडा भएको थियो । 

विवाद चर्किंदै गर्दा केशरको हातमा रहेको खुकुरी खोसाखोस गर्ने क्रममा सोही खुकुरीले टाउकोमा लागेर उनी घाइते भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक योगराज खतिवाडाले बताए । स्थानीय स्वास्थ्यसंस्थामा उपचार हुन नसकेपछि केशरलाई थप उपचारका लागि विराटनगर ल्याइको छ ।

प्रतिक्रिया दिनुहोस्