पानीभित्र लुकाएकाे काठ बरामद



लुम्बिनी । पानीभित्र लुकाइछिपाइ राखेको १०८ क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल पजरकट्टीले बरामद गरेको छ । 

 

पजरकट्टी बीओपीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक ताम्रजङ्ग बस्नेतको नेतृत्वमा खटिएको शसस्त्र प्रहरीको टोलीले देवदह नगरपालिका–११ रेहरास्थित त्रिमुर्ति इँट्टा उद्योगको कम्पाउण्डबाट सो काठ बरामद गरेको हो । 

 

बरामद काठको बजार मूल्य रु चार लाख ३२ हजार रहेको र थप अनुसन्धान तथा कारवाहीका लागी सब डिभिजन वन कार्यालय देवदहलाई बुझाइएको प्रहरी निरीक्षक बस्नेतले जनाए । पानीभित्र चोरी तस्करी गरेर नवलपरासी र रुपन्देही क्षेत्रबाट ल्याई इँट्टा उद्योगको नालीको पानीमा लुकाइछिपाइ राखेको अवस्थामा शसस्त्र प्रहरीले खोजतलास गर्दा बरामद गरेको हो । 

 

बरामद काठ एक डेढ महिना पहिलेदेखि पानीमा लुकाइछिपाइ राखेको हुनसक्ने र सो काठ पुरानो भएपछि बिक्री गर्ने मनसाय भएको हुनसक्ने वन कार्यालयले जनाएको छ । उक्त काठ रुपन्देही र नवलपरासीको जङ्गलबाट अवैधरुपमा कटानी गरी ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु

काठमाडौं : कोरोना विरुद्धको खोपलाई व्यवस्थापन गर्नका लागि सबै प्रदेशमा संयोजक तोकिएको छ । स्वास्थ्य

काठमाडौं : नागरिक समाजले सोमबार (माघ १२ गते) प्रधानमन्त्री निवास बालुवाटारमै प्रदर्शन गर्ने भएको छ

काठमाडौं : मकवानपुरमा अज्ञात समूहले बोलेरो जलाएका छन् । काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा

काठमाडौं : पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाबाट

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले विगतमा सरकारलाई गरिएका सिफारिसहरू तथा विश्वव्यापी आवधिक समीक्षाको क्रममा

सल्यान : सल्यानमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सल्यान जिल्ला

काठमाडौं । भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको लाडाइँमा नेपाललाई सहयोग गर्न भारत सधैँ प्रतिवद्ध

काठमाडौं : प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं : पछिल्लो २४ घण्टामा ३३६ कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको