मदिरामा कडाई गर्दै सरकार, यस्ता छन् प्रावधान



काठमाडौं : सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र विज्ञापनमा कडाइ गर्ने भएको छ । यसका लागि मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश–०७५ जारी गरिँदैछ । 

गृहमन्त्रालयले तयार पारेको आदेश मस्यौदा अनुसार इजाजत प्राप्त बिक्रेताले दिउँसो ४ बजेदेखि राती ९ बजेसम्म मात्र मदिरा बेच्न पाउनेछन् । इजाजत प्राप्त होटल, लज, बार तथा रेस्टुरेन्टले बेलुका ५ बजेदेखि १० बजेसम्म मात्र मदिरा बेच्न पाउनेछन् ।

होटल, बार, रिसोर्ट, लज र रेस्टुरेन्टको बाहिरी भागमा बसेर मदिरा सेवन गर्न पाइने छैन । त्यसै मदिरा सेवन गर्नेलाई सार्वजनिक सवारीसाधनमा यात्रा गर्नसमेत रोक लगाइएको छ ।

सरकारी वा गैरसरकारी निकाय, शिक्षण संस्था वा व्यक्तिले आयोजना गर्ने सार्वजनिक समारोहमा मदिरा सेवन गर्न पाइने छैन ।

सञ्चार माध्यमबाट मदिरा तथा मदिराजन्य पदार्थ उत्पादनको विज्ञापन प्रकाशन तथा प्रशारण गर्न, सार्वजनिक स्थलमा होडिङ, पर्चा पोष्ट टाँस्न निषेध गरिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्