सवारी चलाउँदा जुत्ता नलागाए लाइसेन्स जाने



इलाम : दुर्घटना हुँदै नहोस् । सबैले यही चाहेका हुन्छन् । यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन् । लाइसेन्समा कडाई, मापसे जाँच, ट्राफिक नियम पालना आदि ।

 

यस्तै नियममा अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने । दुर्घटना हुन नदिन इलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलार्य जुत्ता अनिवार्य गर्ने गरेको हो ।

 

दशैं तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम ल्याइएको हो । चालकले जुत्ता लगाएर नलगाएर जरिवानादेखि लाइसेन्स खारेजीसम्मको कारबाही हुन सक्ने प्रावधान छ । कान्तिपुर दैनिकमा इलाम डेटलाइनमा विप्लव भट्टराईले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्