अाेली सरकारले लुकायाे निर्मलाकाे हत्यारा : कांग्रेस नेतृ देउवा



 बझाङ : नेपाली कांग्रेसकी नेतृ एवम् नेपाल महिला संघकी केन्द्रिय सदस्य रमीता देउवाले १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्यारालाई ओली सरकारले कारवाही गर्नुको साटो उल्टै लुकाइरहेको अाराेप लागाएकी छन्।

 

नेपाल महिला संघ बझाङले सदरमुकाम चैनपुरमा मंगलबार गरेको कार्यकता भेटघाट कार्यक्रममा बोल्दै नेतृ देउवाले वर्तमान सरकार दिन प्रतिदिन अधिनायकवादतर्फ अघि बढिरहेको आरोप लगाईन् ।

 

वर्तमान सरकारले कार्यपालिका, व्यवस्थापिका र न्यापालिकामा आक्रमण गरिरहेको बताँउदै उनले सरकारले नौ महिनाको अवधिमा सिन्को पनि भाँच्न नसकेको बताईन् । निर्मला हत्याकाण्ड, सुन काण्ड, न्यायाधिस काण्ड, पप्पु कन्स्ट्रक्सनको काण्ड र मुल्य वृद्धिको स्मरण गर्दै उनले वर्तमान सरकार अपराधीको बचाउ गरिरहेको र देशमा भ्रष्टाचारको खेती गरिरहेको गम्भीर आरोप समेत लगाईन् ।

 

वर्तमान सरकारले मन्त्री र आफ्ना नजिकका पार्टी कार्यकर्ताहरुलाई पैसा बाँडेर देशको ढुकुटी रित्याएर समृद्ध नेपालको सपना देखिरहेकोले यो भन्दा बढि हाँस्यास्पद कुरा अर्को नभएको बताइन् ।

कन्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या काण्डमा सिंगो राष्ट्र र जनता एकातिर भएका बेला सरकारको लाचारीले गर्दा हत्यारा पत्ता नलागेको उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस्