राजधानी विवादले प्रदेश तीनको प्रदेशसभा स्थगित



मकवानपुर: प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयमा सहमति जुट्न नसकेपछि तीन नम्बर प्रदेशको प्रदेशसभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।

 

सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नआएसम्म बैठक स्थगित गरिएको हो । प्रदेशको राजधानी र नामाकरणको विषयमा सहमति जुट्न नसकेपछि पाँचवटा विधेयक पास गरेपछि बैठक स्थगित गरिएको सभामुख सानुकुमार श्रेष्ठले बताए ।

 

४९ दिन स्थगित भएर मंसिर १० गतेबाट सुरु भएको प्रदेशसभा बैठक दुई दिन संचालन भएको थियो । प्रदेशका सांसदहरुले राजधानी र नामाकरणको विषय छिटो टुङ्ग्याउन माग गरेका छन् । मुख्यमन्त्री डोरमणि पौडेल कतार भ्रमणमा रहेको र नेकपाको केन्द्रीय नेतृत्वबाट पनि राजधानीको विषयमा के गर्ने भन्ने सर्कुलर नआएकाले प्रदेशसभा बैठक अनिश्चित भएको हो ।

प्रतिक्रिया दिनुहोस्