अफगानिस्तानमा अमेरिकी सैनिक मारिए



अमेरिका : अफगानिस्तानको घाज्नी प्रान्तमा विस्फोटमा परी तीन अमेरिकी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानमा नेटो सैन्य अन्तर्गत कार्यरत अमेरिकी सैनिकले दिएको जानकारीअनुसार विस्फोटमा परी अन्य तीन सदस्य घाइते भएका छन् । आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको अमेरिकी टेलिभिजन सिएनएनले जनाएको छ ।

 

विस्फोटमा परी ज्यान गुमाएका सैनिकको परिचय खुलाइएको छैन । अफगानिस्तानको दक्षिणी प्रान्त घाज्नीमा हालैका साताहरुमा तालिबान आतङ्ककारी समूहले आफ्नो आतङ्ककारी क्रियाकिलापमा बृद्धि गरेका छन् । तालिबान आतङ्ककारीको बलियो प्रभाव रहेको उक्त प्रान्तमा अफगान सैनिकले आफ्नो नियन्त्रण कायम गर्न सहयोगको लागि अमेरिकाले थप अमेरिकी सैनिक पठाएको छ ।

 

अमेरिकी सरकारले हालै गरेको एक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै सिएनएनले दिएको जानकारीअनुसार हाल अफगानिस्तानको सरकारले देशका ५६ प्रतिशत जिल्लामा मात्र आफ्नो नियन्त्रण कायम गर्न सकेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्