अब यस्तो बन्ने भयो जनकपुर



जनकपुरधाम: प्रदेश २ को अस्थायी जनकपुर अबको दुई वर्षमा सफासुग्घर र हेर्न लायक हुने भएको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिएको जनकपुरको स्वरुप परिवर्तन गर्न लागिएको हो ।

 

जनकपुरको अहिलेको स्वरुप परिवर्तन गर्न जनकपुरधाम सरसफाइ तथा पोखरी संवर्द्धन आयोजना अघि बढाउने सम्झौता भएको छ । खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा सरसफाइ आयोजना, आयोजना व्यवस्थापन कार्यालय र जनकपुरधाम उपमहानगरपालिकाबीच भएको सम्झौता अनुसार अबको दुई वर्षपछि जनकपुरको स्वरुप बदलिन लागेको हो ।

 

उक्त आयोजना अन्तर्गत ३१ वटा पोखरीको सरसफाइ र संवर्द्धन गर्ने, १२ बिघा रंगभूमि मैदानलाई सरसफाइ गरी अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने र जनकपुर धाम क्षेत्रमा ३० वटा सार्वजनिक शौचालय बनाउने सम्झौता भएको छ ।

 

सम्झौतामा खानेपानी तथा सरसफाइ आयोजना, आयोजना व्यवस्थापन कार्यालय काठमाडौंको तर्फबाट आयोजना प्रमुख विद्यानाथ भट्टराई र जनकपुरधाम उप–महानगरपालिकाको तर्फबाट मेयर लालकिशोर शाहबीच हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्