राजधानीमा प्रहरी नै लुटेरा, पक्राउ परे दुई हबल्दार



काठमाडौं : नक्कली सुन देखाएर मंगलबार राती बल्खुमा भएको लुटपाटको घटनामा प्रहरीकै संलग्नता खुलेको छ ।

घटनालगत्तै पीडितले खबर गरेपछि प्रहरीले सुरु गरेको अप्रेशनमा नक्कली सुन र नगदसहित पक्राउ पर्नेमा दुईजना प्रहरी हबल्दार रहेका छन् ।

प्रहरीले बल्खुबाट एक किलो नक्कली सुनसहित पाँच जनालाई पक्राउ गरेको थियो । प्रहरीले औपचारिक रुपमा हबल्दारको नाम सार्वजनिक नगरे पनि श्रोतले उनीहरु महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत शालिकराम बिक र बालाजु वृत्तमा कार्यरत मोहन बम रहेको जनाएको छ ।

प्रहरीले भने पक्राउ परेका तीन जनाको नाम मात्रै सार्वजनिक गरेको छ । ललितपुर सानेपाका २८ वर्षीय गोपाल विक, पाटनका २७ वर्षीय सञ्जयकुमार तिरुवा र दाङ राप्ती २ का २७ वर्षीय शिव कुमालको नाम प्रहरीले सार्वजनिक गरेको हो ।

लुटिने व्यक्तिको नाम सुरक्षाको कारण सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्