काठमाडौंमा अाज बिजाेर नम्बरका गाडीमात्र चल्ने



काठमाडौं : उपत्यकामा आजदेखि आइतबारसम्म जोर बिजोर प्रणाली लागु भएको छ ।   

शुक्रबारदेखि सोमबारसम्म काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक सम्मेलनमा आउने पाहुना तथा विशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई व्यवस्थित बनाउन यस्तो व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले जनाएको छ । 

बिहीबार र शनिबारका दिन बिजोर सवारी र शुक्रबार तथा आइतबार जोर नम्बर प्लेट भएका सवारी साधन सञ्चालन गर्न पाइने महाशाखाले सूचना जारी गरेर जानकारी दिएको हो । सवारी साधनको अन्तिम अंकको आधारमा जोर बिजोर प्रणाली लागू गरिएको छ । 

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली अनिवार्य नगरिने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्