चीन र अमेरिकाबीच घम्साघम्सी



एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुन लागेको अमेरिकी संसदीय चुनावमा चीनले हस्तक्षेप गरिरहेको आरोप लगाएपछि चीनले त्यसको कडा शब्दमा खण्डन गरेको छ । आफूले चीनसामु व्यापारमा चुनौती प्रस्तुत गरेकाले बेइजिंगले आफ्नो दल रिपब्लिकनलाई हराउन चाहेको ट्रम्पले बताएका थिए ।

 

राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक अध्यक्षता गरिरहेका ट्रम्पले चीनले आगामी नोभेम्बरमा अमेरिकामा हुन लागेका चुनावमा हस्तक्षेप गर्न खोजिरहेको आरोप लगाएका थिए । चीनले आफू वा आफ्नो दलले जितोस् भन्ने नचाहेको उनले बताए ।

 

राष्ट्रपति ट्रम्पले ती आरोप पुष्टि गर्ने कुनै प्रमाण भने पेस गरेनन् । चीनका विदेशमन्त्री वाङ्ग यीले ती आरोपको निन्दा गरेका छन् । वाङ्गले कुनै पनि देशको आन्तरिक मामिलामा चीनले हस्तक्षेप नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्