‘मिस वर्ल्ड’ मा भोटिङको समय थपियो, भोट गर्न श्रृंखलाको आग्रह



काठमाडौं : ‘मिस नेपाल–२०१८’ मा मल्टिमिडिया टाइटलका लागि प्रदान गरिएको समय थप गरिएको छ । हिजो (नोभेम्बर २८) सम्मका लागि प्रदान गरिएको समय दुईदिन थप गरिएको छ । अब नोभेम्बर ३० अर्थात भोलि अपरान्ह ५ बजेसम्म भोट गर्न सकिनेछ । 

उक्त अवधिसम्म जसले सबैभन्दा धेरै भोट पाउँछ उसैले मल्टिमिडियाको टाइटल होल्ड गर्नेछ । अहिलेसम्मको भोट अनुसार नेपालकी सुन्दरी शृंखला खतिवडाले ‘मिस वर्ल्ड–२०१८’को मल्टिमिडिया भोटमा सबैभन्दा अगाडि छिन् । सोसल मिडियातर्फ भोटिङमा १२१ देशका प्रतिस्पर्धी सुन्दरीहरुलाई पछि पार्दै शृखलाले सबैलाई लिड गरिरहेकी छिन् । 

उनले सबैभन्दा धेरै ३४।९२ भोट प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका प्रतिस्पर्धी १० प्रतिशत भोटको वरिपरि छन् ।  

शृंखलाले भोटको समय थपिएको भन्दै आफूलाई भोट गर्न पुनः आग्रह गरेकी छन् । उनले आउँदा चरणह हेड टु हेड ट्यालेन्ट राउन्डमा पनि सहयोगको अपेक्षा गरेको आफ्नो फेसबुक पेजमा लेखेकी छन् । 

प्रतिक्रिया दिनुहोस्