नेपालकाे अार्थिक वृद्धिदर झनै खस्किने एडीबीकाे विश्लेषण



काठमाडौं : एसियाली विकास बैंक (एडीबी) ले गत आर्थिक वर्ष २०७४/७५ मा नेपालले आर्थिक वृद्धिदर ५ दशमलव ९ प्रतिशत हासिल गरेको जनाएको छ ।

 

नेपाली अर्थतन्त्रका विषयमा एडीबीले बुधबार सार्वजनिक गरेको यो तथ्यांक केन्द्रीय तथ्यांक विभागको भन्दा शून्य दशमलव ४ प्रतिशतले कम हो । विभागले गत वर्ष ६ दशमलव ३ प्रतिशतले आर्थिक वृद्धि हासिल भएको जनाएको थियो ।

 

गत वर्ष अर्थतन्त्रमा योगदान गर्ने कृषि, सेवा र औद्योगिक क्षेत्रको विस्तार कमजोर देखिएकाले वृद्धिदर घटेको एडीबीको दाबी छ । ‘अघिल्लो वर्षमा कृषि क्षेत्रको उच्च योगदानसहित ७ दशमलव ४ प्रतिशतको वृद्धि रहेकोमा २०७४ साउन÷भदौमा आएको बाढीका कारण कृषि क्षेत्रको वृद्धि घट्दा आर्थिक वृद्धि घटेको हो,’ एडीबीले भनेको छ ।

अघिल्लो वर्ष कृषि क्षेत्रको विस्तार ५ दशमलव २ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७४/७५ मा २ दशमलव ८ प्रतिशतले मात्र वृद्धि भएको छ । एडीबीका अनुसार गत वर्ष कृषि क्षेत्रको वृद्धिदर २ दशमलव ८ प्रतिशत, औद्योगिक क्षेत्रको वृद्धि ८ दशमलव ८ प्रतिशत र सेवा क्षेत्रको विस्तार ६ दशमलव ६ प्रतिशत छ ।

 

भूकम्पपछिको पुनर्निर्माणमा आएको तीव्रता तथा प्रदेश तथा स्थानीय तहमा भएका अन्य निर्माणका गतिविधिको सहयोगमा निर्माण उपक्षेत्र विस्तार भएको एडीबीले उल्लेख गरेको छ । अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ । 

 

यो सँगै एडीबीले चालू आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक वृद्धि गत आर्थिक वर्षको भन्दा पनि घटेर जम्मा ५ दशमलव ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्