देउवा निकम्मा साबित भए : नुवाकाेट कांग्रेस सभापति



नुवाकोट, ककनी : कांग्रेस नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवालाई कांग्रेसको जीवनमा सबैभन्दा काम नलाग्ने र सबैभन्दा ‘निकम्मा सभापति’ भनी आरोप लगाएका छन् । साथै उनले देउवाबाट पार्टी सञ्चालन हुन नसक्ने पनि ठहर गरेका छन् । 

कांग्रेस केन्द्रीय समितिमा प्रस्तावित विधेयकमाथि छलफल गर्न भन्दै कांग्रेस जिल्ला सभापतिहरू बुधबारदेखि ककनीमा भेला भएका छन् । यसै भेलाका आयोजक नुवाकोट जिल्ला सभापति केसीले देउवाप्रति रोष प्रकट गरेका हुन् ।

 

उनले देउवाप्रति आक्रोश व्यक्ति गर्दै थपे, ‘उहाँ (देउवा)मा आफूले पहिले चलाएको कांग्रेस प्रजातान्त्रिकको मात्र सभापति हुनुभयो, आफ्ना गुटका मान्छे मात्र पदाधिकारीमा थुपार्नुभयो ।’ भेलामा पुगेका सञ्चारकर्मीलाई अन्तर्वाता दिने क्रममा उनले भने, ‘उहाँको यस्तो पाराले कांग्रेस चल्न सक्दैन, उहाँकै कारण पार्टीमा गुट मौलाएको छ, पार्टीको गुट मात्र चलाउनुभयो, उहाँ निकम्मा पार्टी सभापतिको रुपमा प्रस्तुत हुनुभएको छ ।’

 

जिल्ला सभापति केसीले पार्टीमा प्रस्तावित विधान जस्ताको त्यस्तै पारित भएको खण्डमा पार्टीको निर्वाचित संस्था भंग हुनेसमेत आशंका व्यक्त गरे । साथै ल्याइएको विधानसमेत संशोधन गरिनुपर्ने अडान राखे । 

 

प्रतिक्रिया दिनुहोस्