पीएसजीकाे लगातार साताैं जित, काभानी बने नायक



एजेन्सी :  फेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार सातौं खेलमा जित हात पारेको छ। पीएसजीले बुधबारकाे खेलमा रेइम्सलाई ४–१ गोलकाे फराकिलाे अन्तरले पराजित गरेको हो।

 

पीएसजीका लागि इडिन्सन काभानीले पाँचौ र ४४ मिनेटमा गोल गरे। नेइमारले २४ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। ५५ मिनेटमा मेउनरले पीएसजीका लागि चौथो गोल गरेका थिए। त्यसअघि खेलको दोस्रो मिनेटमै चाभालेरिनले गोल गर्दै रेइम्सलाई अग्रता दिलाएपनि त्यो गोल सान्त्वनामै सीमित बन्यो।

 

लिगको अन्य खेलमा लियोनले डिजोनलाई २–० गोलले हरायो। मार्सेलीले स्टार्सवर्गलाई ३–२ र लिलेलाई बोड्रेउक्सले १–० गोलले हरायो। लिगमा पीएसजीले २१ अंक जोडेको छ। दोस्रो स्थानको लियोनको १३ अंक छ। तेस्रो स्थानको मार्सेली र चौथो स्थानको लिलेको पनि समान १३/१३ अंक नै छ।

प्रतिक्रिया दिनुहोस्