सरकारले मजदुरकाे हकहितमा काम गरिरहेकाे छ : पर्यटनमन्त्री अधिकारी



काठमाडौं : सरकारले मजदुरको हकहितमा काम गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले प्रस्ट पारेका छन् ।

 

नेपाल स्वतन्त्र होटल, रेस्टुरेन्ट मजदुर युनियनको ३८ औं स्थापना दिवसमा बिहीबार काठमाडौंमा उद्घाटन गर्दे उनले मजदुरका लागि सरकारले विशेष योजनासहित हित संरक्षण हुने गरी काम गर्ने बताए ।

 

पर्यटन मन्त्री अधिकारीले सामाजिक सुरक्षासहित योजना सरकारले ल्याएको भन्दै मजदुरको उन्नत जीवनस्तर सरकारको चाहना भएको बताए । श्रमको सम्मानबाट मात्र राष्ट्रको विकास सम्भव हुने भएकाले सरकारले श्रमिकको उचित सम्मान गर्ने उनले उल्लेख गरे ।

 

कार्यक्रममा सहभागी श्रमिकहरूले भने आफूहरूको श्रमको उचित सम्मान नभएको गुनासो गरेका थिए ।सरकारले तोकेको न्यूनतम ज्यालासमेत समयमा नपाएको भन्दै उनीहरूले व्यवस्थित योजना ल्याउनसमेत आग्रह गरेका छन् ।

 

कार्यक्रममा विभिन्न क्षेत्रमा संलग्न उत्कृष्ट व्यवसायी र मजदुरलाई सम्मानित गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्