२.० रिलिज, अक्षयकुमारको मेकअपमै साढे ४ करोड !



काठमाडौं: बलिउडको सबैभन्दा महँगो फिल्म २.० आज रिलिज भएको छ । यसअघि पटक–पटक मिति तय गरेर पनि रिलिज हुन नसकेको फिल्म आज एक साथ १४ भाषामा रिलिज गरिएको हो । फिल्मको मुख्य भाषा भने तमिल हो ।

 

अन्य भाषामा डबिङका लागि मात्रै तीन महिनाभन्दा बढी समय लागेको थियो । अझै १० भाषामा डबिङ हुने जनाइएको छ ।फिल्ममा रजनीकान्त र अक्षयकुमार मुख्य भूमिकामा छन् । अक्षयकुमारको यो पहिलो तमिल फिल्म हो । यसमा उनले खलनायकको भूमिका निभाएका छन् ।

 

२.० लाई भारतको अहिलेसम्मको सबैभन्दा महँगो फिल्म हो । यो फिल्म बनाउन पाँच सय ४३ करोड भारु खर्च भएको जनाइएको छ । फिल्ममा अक्षयकुमारको मेकअपका लागि मात्रै करिब साढे चार करोड भारतीय रुपैयाँ खर्च भएको निर्माण पक्षले जनाएको छ ।

 

यसअघि बलिउडमा बनेका कुनै पनि फिल्ममा एउटै कलाकारको मेकअपमा यति ठूलो खर्च भएको रेकर्ड थिएन ।

प्रतिक्रिया दिनुहोस्