अपहृत बालक मृत भेटिए 



काठमाडौं : राजधानीको बालाजु क्षेत्रमा एक बालकको शव भेटिएको छ । नेपाल प्रहरीको अपराध महाशाखाले म्हैपी पुलमुनि बालकको शव भेटिएको जनाएको छ ।

प्रहरीको अनुसार आठ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्या भएको हाे । उनी तीन दिनअघि अपहरणमा परेको प्रहरीले जनाएको छ । अपराध महाशाखाको टोली घटनास्थलमा पुगिसकेको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्