मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या १० पुग्याे



मलेसिया : मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ । पछिल्लोपटक अस्पतालमा उपचार गराइरहेका इलामका विमल कार्कीको ज्यान गएको नेपाली दूतावासले जनाएको छ । 

 

 

 

विषाक्त रक्सीका कारण बिरामी भएका ९ जना नेपालीको मलेसियामा रहेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । ज्यान गुमाउनेमध्ये ६ जनाको शव नेपाल ल्याउने तयारी भएको छ । आज या भोलिसम्ममा शव नेपाल पठाउने तयारी भैरहेको दूतावासले जनाएको छ ।

 

दूतावासका अनुसार मिमबहादुर घले, रामकुमार यादव, सञ्जय उराव, आइतसिंह गोले, दुर्गा सिंह राना र बलबहादुर बलबहादुर कुलुङको शव नेपाल पठाउन लागिएको हो ।

 

बाँकी चार जनाको शव पठाउनको लागि प्रक्रिया भैरहेको पनि नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्