दीपिका र प्रियंकाको विवाहमा ५ समानता



एजेन्सी : बलिउड नायिका प्रियंका चोपडा चाँडै नै आफ्ना विदेशी ब्वाइफ्रेन्ड निक जोनससँग वैवाहिक बन्धनमा बाँधिँदै छिन् । उनीभन्दा पहिले दीपिका पादुकोण र रणवीर सिंहले इटालीमा विवाह गरे । दीपिका र प्रियंकाको बिहेका पाँच समानता छन् ।

१. दुईपटक विवाह

दीपिका र रणवीरले दुई फरक संस्कृतिअनुसार दुईपटक बिहे गरे, कोन्कणी र सिन्धी विधिबाट । दीपिका कोन्कणी संस्कृति मान्छिन् । रणवीर भने सिन्धि परम्परा मान्छन् । दीपिका र रणवीरको जस्तै प्रियंकाको पनि दुई तरिकाबाट विवाह हुँदै छ । २ डिसेम्बरमा हिन्दू विधिअनुसार र त्यस्तै ३ डिसेम्बरमा क्रिश्चियन विधिअनुसार विवाह हुनेछ ।

२. एउटै ड्रेस डिजाइनर

विवाहमा दीपिका पादुकोणले जुन साडी पहिरिएकी थिइन्, त्यो उनकी आमा उज्ज्वलादेवीले उपहार दिएकी थिइन् । सो साडीलाई डिजाइनर सब्यसाचीले केही बदलिदिएका थिए । सब्यसाचीले प्रियंकाका लागि पनि साडीको डिजाइन गरिरहेका छन् ।

३. दुई रिसेप्सन

दीपिका र रणवीरले बिहेपछि दुई रिसेप्सन पार्टी दिएका थिए । एउटा रिसेप्सन दीपिकाको गृहनगर बैंगलुरुमा २१ नोभेम्बरमा भएको थियो । अर्को २८ नोभेम्बरमा हुँदै छ । प्रियंकाले पनि दुईवटा पार्टी दिँदै छिन् । ४ डिसेम्बरमा दिल्लीमा रिसेप्सन पार्टी दिँदै छिन् भने अर्को पार्टी मुम्बईमा दिने पक्का भएको छ । तर, मिति निश्चित भएको छैन ।

४. फोटोग्राफीमा प्रतिबन्ध

दीपिका र रणवीरले आफ्नो विवाहलाई एकदम निजी राखेका थिए । यसका लागि उनीहरूले सबै पाहुनालाई मोबाइल नलिई आउन आग्रह दिएका थिए । विवाहको फोटो बाहिर नजाओस् भन्नका लागि यस्तो आग्रह गरेका थिए । प्रियंकाले पनि आफ्नो विवाहको फोटो लिन प्रतिबन्ध लगाएकी छिन् ।

५. हेलिकोप्टरबाट प्रवेश

रणवीर आफ्नो विवाहमण्डपमा हेलिकोप्टरबाट प्रवेश गरेका थिए । त्यस्तै, प्रियंका पनि आफ्नो विवाहमा शानदार प्रवेश गर्ने तयारीमा छिन् । उनी पनि हेलिकोप्टरबाट नै विवाह मण्डपमा जानेछिन् ।

-नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्