नेपाली यू-१९ क्रिकेट टिम बंगलादेशतर्फ, दोस्रो चरण पुग्ने लक्ष्य



काठमाडौं: एसीसी यू-१९ एसिया कप क्रिकेटमा सहभागिता जनाउन  नेपाली युथ क्रिकेट टिम बंगलादेश प्रस्थान गरेको छ ।

 

१५ खेलाडीसहित १९ सदसीय नेपाली टोली बिहिबार बंगलादेश प्रस्थान गरेको हो  । नेपाली टोलीलाई क्यानका पुर्व सिईओ भावना घिमिरे लगायतले विदाई गरेकी थिइन् ।

 

प्रतियोगितामा नेपाल कठिन समूह 'ए' मा रहेको छ । नेपालको समूहमा यू-१९ को विश्वकप विजेता भारत, साविकको विजेता अफगानिस्तान र युएई रहेको छ ।

 

तर, प्रतियोगितामा नेपाली टोलीले दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले कठिन समूहमा रहेको भएपनि आफुहरुले राम्रो तयारी गरेको बताए ।

 

'हामीलाई थाहा छ भारत विश्व च्याम्पियन हो, अफगानिस्तान गत बर्षको विजेता । हामीले बुझेका छौ,' प्रशिक्षक दासले भने, 'हामीले राम्रो तयारी गरेका छौ । हाम्रो लक्ष्य दोस्रो चरण हो ।'

 

एसिया कपको पहिलो खेलमा नेपालले भारतको सामना गर्नेछ । टेष्ट राष्ट्र भारतविरुद्ध नेपालले सेप्टेम्बर २९ मा खेल्नेछ । यस्तै नेपालले अक्टोबर १ मा अफगानिस्तानसंग र अक्टोबर २ मा युएईसंग खेल्ने छ ।

 

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताका खेलहरु ढाका र चिटागोङमा हुनेछ ।


नेपाली टोली :

आरिफ शेख (कप्तानी)

कमल सिंह ऐरी (उपकप्तान)

रोहितकुमार पौडेल

रवि साह

नन्दन यादव

रित गौतम

पवन सरार्फ

रविन्द्र जंग शाही

रशिद खान

भिम सार्की

तिर्थराज दास

सन्दीप जोरा

सागर ढकाल

अर्जुन ऐरी

सुर्य तामाङ

विनोद दास – मुख्य प्रशिक्षक

मनोक कटवाल – सहायक प्रशिक्षक

विक्रम न्यौपाने – फिजियो

शक्ति गौचन – टिम म्यानेजर

प्रतिक्रिया दिनुहोस्