हुनेवाला श्रीमानले राखीको भर्जिनिटी प्रमाणपत्र सार्वजनिक गरेपछि‍‍…



मुम्बई: बलिउड अभिनेत्री राखी सावन्त वैवाहिक सम्बन्धमा बाँधिने भएकी छिन् । आवश्यकभन्दा बढी नाटक गर्ने अभियोग खेप्दै आएकी राखीको विवाहलाई नाटकको रुपमा लिँदा उनले त्यसको खन्डन गरेकी छिन् ।

 

विवाहको घोषणासँगै राखीका हुनेवाला श्रीमान दीपक कलालले राखी कुमारी भएको प्रमाणपत्र सार्वजनिक गरेका छन् । दीपकले राखीको कुमारीत्व परीक्षण गरेर जारी गरिएको चिकित्सकको प्रमाणपत्र भर्जिनिटी सर्टिफिकेट सार्वजनिक गरेका हुन् । चिकित्सकले हस्ताक्षर गरेको सो प्रमाणपत्रमा राखीको कुमारित्व उत्कृष्ट र सशक्त रहेको उल्लेख छ । प्रमाणपत्रमा राखीको अगाडि र पछाडि दुबैतर्फको कुमारित्व उत्कृष्ट रहेको उल्लेख छ ।

 

राखीको बारेमा विभिन्न आरोप लागेका कारण आफूहरुले कुमारीत्व परीक्षण गराएको दीपकले बताएका छन् । सो प्रमाणपत्रलाई राखी र दीपकले गर्वका साथ सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् । दीपक र राखीको ३१ डिसेम्बरमा विवाह हुँदैछ । उनीहरुको विवाहको बारेमा अहिले विभिन्न टिप्पणी आएका छन् । यस विषयमा राखीले भनेकी छिन्, ‘बलिउडमा धमाधम सबैका विवाह भएकाले हामीले पनि विवाह गर्न लागेको हौं । यो सबैका लागि खुसीको कुरा पनि त हो नी ।’

 

कुमारित्वको प्रमाणपत्र सार्वजनिक गरेका राखी र दीपकले आफ्नो विवाहको निम्ता पत्र पनि सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका छन् । उनीहरुले विवाहको तिथि ३१ डिसेम्बर २०१८ अर्थात नयाँ वर्ष २०१९ को इभको रुपमा तोकेका छन् । यद्यपी सञ्चार माध्यमले राखीको विवाह अझै पनि होला र भन्दै अविश्वास व्यक्त गरेका छन् । उनले जारी गरेको विवाहको निम्ता कार्डलाई धेरैले राखीको नयाँ नाटक भनेर टिप्पणी गरेका छन् ।

 

अझ दीपकले जारी गरेको राखीको कुमारित्वको प्रमाणपत्र अहिले निकै विवाद र चर्चामा छ । यसलाई उनीहरुको नयाँ नाटकको रुपमा सामाजिक सञ्जालमा व्यापक टिप्पणी र व्यंग्य गरिएको छ । यो कुमारित्व परीक्षणको नाटक गराएर आफूहरुको खराब छबीलाई जबर्जस्ती राम्रो बनाउन राखीले नयाँ नाटक गरेको आरोप पनि यतिबेला लागेको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्