थानकोटमा लागूऔषधसहित दुई भारतीय पक्राउ



काठमाडौं:  काठमाडौंको थानकोटबाट प्रहरीले लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। थानकोटथित महानगरीय प्रहरी वृत्तको टोलीले भारत विहारका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीबार राति पक्राउ गरेको हो।

 

वि आर १ एच ६९०८ नम्बरको भारतीय कार जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्। कारको सिटमा रहेको जेब्रा झोलामा लागूऔषध ल्याएको भेटिएकाले उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभागका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले जानकारी दिए।

 

प्रहरीका अुनसार ६९५ एम्पुल डाइजेपाम, ६९६ एम्पुल नुर्फिन र ४९५ एम्पुल फेनार्गन साथै वाइन सिरेफ सात बोत्तल बरामद गरिएको छ। पक्राउ परेका दुवैका विषयमा अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्