राष्ट्रपति भण्डारीलाई भेटिन् सुकीले



काठमाडौं : नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माकी स्टेट काउन्सिलर आङ सान सुकीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् ।

 

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान भएको भेटमा द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो । भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृत पनि सहभागी थिए । 

 

एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा सुकी नेपाल भ्रमणमा आएकी हुन् । उनी बिहीबार बिहान काठमाडौँ आइपुगेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्