भारतले अन्तरिक्षमा पठायो एकैपटक ३१ भूउपग्रह



काठमाडौं :  भारतले एकै पटक ३१ भूउपग्रह अन्तरिक्षमा पठाएको छ । सतीश धवन स्पेस स्टेसन, श्रीहरिकोटाबाट रकेटमा एकसाथ ३१ वटा भू–उपग्रह अन्तरिक्षमा पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तिनमा ‘हाइसिस’ नामक भारतीय उपग्रहका साथै अन्य ३० उपग्रह छन् । उपग्रहसहितको रकेट सतिश धवन स्पेस स्टेसनको पहिलो लन्च प्याडबाट प्रक्षेपण गरिएको हो ।

 

हाइसिस भारतको आफ्नो उपग्रह हो । यसले भारतको कृषि, वन, तटीय इलाका, नदी, माटो, पर्यावरणसँग जोडिएका कयौं एप्लिेकसनका लागि हाइपरस्पेक्ट्रिकल इमेजिङ सुविधा प्रदान गर्नेछ । यस उपग्रहले वायुमण्डल र जलवायु परिवर्तनका बारेमा मात्र होइन, पृथ्वीको चुम्बकीय मैदानको समेत अध्ययन गर्छ ।

 

हाइसिसको वजन ३ सय ८० किलोग्राम छ । यसले सन् २०२३ सम्म सूचना प्रवाह गर्नेछ । भारतबाट अन्तरिक्षमा पठाइएका अन्य ३० उपग्रहमध्ये २३ वटा अमेरिकाका हुन् । ती उपग्रह अलगअलग स्थानमा राखिनेछन् ।  एजेन्सी

प्रतिक्रिया दिनुहोस्