थ्रीस्टारद्वारा एपीएफ २–० ले पराजित



काठमाडौं : एपीएफलार्इ पराजित गर्दै थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगमा चौथो जित हात पारेको छ । रन्जन विष्टको उत्कृष्ट प्रदर्शनले थ्री स्टारले सहज जित हात पारेको हो ।

लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलमा थ्री स्टारले एपीएफलार्इ २–० गोलअन्तरले पराजित गर्‍यो ।  थ्री स्टारका लागि दुवै गोल रन्जनले गरेका हुन् । 

खेलको २५औं मिनेटमा रन्जनले सुनील बलको पासमा गोल गर्दै टोलीलार्इ सुरुवाती अग्रता दिलाएका थिए । यस्तै ६६औं मिनेटमा रन्जनले दोस्रो गोल गरे । 

जितसँगै थ्री स्टारले शीर्षस्थानको मनाङसँग अंक बराबरी गरेको छ । थ्रीस्टारले ५ खेलमा ४ जित र १ हार बेहोर्दै १२ अंक जोडेको छ भने एक जित र एक बराबरी गरेको एपीएफको चार अंक छ ।

प्रतिक्रिया दिनुहोस्