आज विश्व एड्स दिवस : उपचारमा कमी हुन नदिने सरकारकाे घाेषणा



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी सङ्क्रमितको उपचार कमी हुन नदिने बताएका छन् । ३१ अाैं विश्व एड्स दिवसका अवसरमा आज सन्देश दिँदै प्रधानमन्त्री ओलीले एचआईभी सङ्क्रमितलाई सरकारले निःशुल्क औषधिको व्यवस्था गरेको स्मरण गराए। 

 

“नेपालमा एचआइभी सङ्क्रमितलाई सरकारले निःशुल्क औषधिको व्यवस्था गरेको छ, सबै सङ्क्रमितमा यो सेवा पुर्याउन सरकारका स्वास्थ्य निकाय र एड्सविरुद्ध कार्यरत सबै संस्थालाई म आग्रह गर्दछु, सबै सङ्क्रमितले उपचार सेवा पाउनु पर्दछ,” प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ ।

 

प्रधानमन्त्री ओलीले सन्देशमार्फत एचआईभी र एड्स नियन्त्रणका उपायलाई थप प्रभावकारी बनाउन सबै क्षेत्रको आवश्यकता औँल्याए। दिगो विकासका लक्ष्यले स्वास्थ्य मानव समाजको परिकल्पना गरेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा एड्स रोग निर्मूल गर्ने रणनीतिलाई द्रुत गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

 

अभियानमा नेपालमा पनि राष्ट्रिय एड्स परिषद्ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्री ओलीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्