तीन किलो गाँजासहित किशोरकिशोरी पक्राउ



​​​​​काठमाडौं : प्रहरीले चन्द्रागिरि नगरपालिका–२ पिपलामोडबाट तीन किलो एक सय ग्राम गाँजासहित दुई किशोरकिशोरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–७ बस्ने १८ वर्षीया सरिता तामाङ र सोही ठाउँ बस्ने १७ वर्षीय संजोक तामाङ छन् । 

उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्