नेपाल टेलिकमको मोवाइलमा समस्या



काठमाडौं : नेपाल टेलिकमको मोवाइलमा समस्या आएको छ । आइतबार दिउँसोदेखि प्रिपेड र पोष्टपेड मोबाइलमा समस्या आएको हो  । जावलाखेल–सुन्धराको अप्टिकल फाइबर ब्रेक भएकाले समस्या देखिएको हो ।

टेलिकमका अनुसार अप्टिकल ब्रेकमा अनुसन्धान तथा निर्माण कार्य भैहेको छ । समस्या कसरी आयो भन्ने बारे भने थाहा भएको छैन ।

काठमाडौंको सुन्धारामा पुराना अप्टिकल फाइबरको ठाउँमा नयाँ जडान गर्ने कार्य भैरहेको र छिटोभन्दा छिटो समस्या समाधान हुने टेलिकमले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्