३३ किलो सुन प्रकरणः पूर्व डिआइजी गोविन्द निरौला पनि रिहा



काठमाडौं: ३३ किलो सुन र सनम हत्या प्रकरणमा जेल परेका पूर्व डिआइजी गोविन्द निरौला साधारण तारेखमा रिहा भएका छन् ।

 

बिहिबार उच्च अदालत मोरङका न्यायाधीशद्वय सारंगा सुवेदी र जनक पाण्डेको संयुक्त इजलासले पूर्व डिआइजी निरौलालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । 

 

पूर्व डिआइजी निरौलालाई केही महिनाअघि ३३ किलो सुन र सनम हत्या प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ गरेको थियो ।   महानगरीय प्रहरी त्रिभुवन विमानस्थलको सुरक्षा कार्यालको प्रमुख हुँदा निरौलाले सुन तस्करी गरेको आरोप लागेको थियो । 

 

निरौलालाई ३३ किलो सुन प्रकरणसँगै सनम हत्याकाण्डमा संलग्न रहेको आरोप लागेपछि गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा छानविन समिति गठन भएको थियो ।  

 

त्यस्तै सुन प्रकरणमा मुछिएका एसएसपी दिवेश लोहनी गत भदौ २९ गते रिहा भएका थिए । एसएसपी लोहनी गत वैशाख १९ गते पक्राउ परेका थिए ।

 

जिल्ला अदालत, मोरङको आदेश उल्ट्याउँदै उच्च अदालत, विराटनगरका न्यायधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले एसएसपी लोहनीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्