छवि सुधार्न ओलीलाई बाबुरामको सुझाव



काठमाडौं: पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई सामाजिक सञ्जालवाटै सुझाव दिएका छन् ।

 

ओलीलाई सुझाव दिंदै भट्टराईले राजधानीका पोलमा आफ्नो तस्वीर टाँसेर सरकारको प्रचार गर्नुसाटो निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन भनेका छन् ।

 

ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘प्रमलाई सानो सुझाव– आफ्नो खस्कदै गएको लोकप्रियता र छवि सुधार्न ईश्वरका छोरीबाट आशिर्वाद, पोलपोलमा आफ्नै फोटो सट्टा अहिले प्रत्येक नेपालको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका बलात्कारी–हत्यारा छिटो सार्वजनिक गर्नोस् त ! प्रमाण मेटाउनेलाई दुई घण्टा केरकार गरे अरु झन्झटै पर्दैन ।’

 

यसअघि उनले एसिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागिता र प्रधानमन्त्रीलाई दिइएको सम्मानबारे टिप्पणी गर्दै भनेका थिए, ‘पुराना कमरेड चित्र ब केसीको उखान सापटी लिएर भन्दा– बिरालोलाई खास्टोले छोपे पनि आखिर म्याऊ गरिहाल्छ रे ! यस्तो सरकारी तामझामसहित एउटा धार्मिक एनजिओको कार्यक्रम गरेको त प्रमलाई असल नेतृत्व र सुशासन निम्ति करोड रु. भन्दा बढीको पुरस्कार दिन पो रहेछ ! ईश्वसका दूत भन्नेले भनेपछि मान्नै परो ।’

प्रतिक्रिया दिनुहोस्