आजदेखि पारा राष्ट्रिय च्याम्पियनसिप



काठमाडौं: राष्ट्रिय खेलकूद परिषदको आयोजनामा आजदेखि लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप शुरु हुँदैछ ।

 

प्रतियोगितामा पारासँग सम्बन्धित विभिन्न १८ खेलको प्रतिस्पर्धा हुने पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप व्यवस्थापन समितिका सदस्य–सचिव मीनकुमार शर्माले जानकारी दिए ।

 

प्रतियोगितामा एक हजार एकसय खेलाडीको सहभागिता रहने सदस्य–सचिव शर्माले जानकारी दिए । करिब रु ४० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा १ सय ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्