सेयरधनीलाई कुमारी बैंकको बोनस



काठमाडौं : बैंक तथा वित्तीय संस्थाले नगद लाभांश मात्रै दिइरहेको समयमा कुमारी बैंकले सेयर लाभांश दिने भएको छ । बैंकले नेपाल स्टक एक्सचेन्जलाई उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १२ दशमलव ७५ प्रतिशत सेयर लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ मा गरेको नाफाबाट वितरण गर्ने लाभांश भने घोषणा गरेको छैन । 

बैंकको चुक्ता पुँजी सात अर्ब १६ करोड ३० लाख ५५ हजार ४ सय ७३ छ । बैंकले प्रस्ताव गरेको १२ दशमलव ७५ प्रतिशत शेयर लाभांशबाट ९१ करोड २२ लाख ८९ हजार ५ सय ७३ रुपैयाँ पुँजी थप हुनेछ । लाभांश सेयर वितरणपछि बैंकको चुक्ता पुँजी आठ अर्ब सात करोड ६३ लाख ४५ हजार पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्